SHARE
पर्दाफास · बिहीबार २५ मंिर २०८२ ०४:०० PM · 1 मिनेट पढाइ

रोजगारीको प्रलोभन देखाई म्यानमार पुर्‍याएर साइबर ठगीमा लगाउने दुई जना पक्राउ

आकर्षक तलबको आश्वासन दिई नेपालका विभिन्न जिल्लाका युवाहरुलाई म्यानमारको मेवाडीस्थित केके१ पार्क कम्पनीमा पुर्‍याई बन्धक बनाई साइबर स्क्यामिङ र अनलाइन फ्रडमा काम लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पनेहरुमा सर्लाही दुलुवा भर्दोल गाउँपालिका ९ का २४ वषीय रन्जित कुमार महत्तो र खोटाङ खार्तम्छा गाउँपालिका ९ का ४१ वषीय मणिराज राई रहेका छन्।