SHARE
पर्दाफास · बिहीबार २५ मंिर २०८२ ०४:१६ PM · 1 मिनेट पढाइ

एमाले महाधिवेशन : कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा हुँदै छ । महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधिका कारण यहाँ आज चहलपहल बढेको छ । विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिका कारण उद्घाटनस्थलमा घुइँचो लागेको थियो ।