SHARE
पर्दाफास · बिहीबार २५ मंिर २०८२ ०४:१८ PM · 1 मिनेट पढाइ

स्कुटरसहित पाँच वटा सवारी ठोक्किँदा एक जनाको मृत्यु

उपत्यकाको ललितपुरस्थित युएन पार्क नजिक आज अपराह्न करिब ४:०० बजेको समयमा एकै ठाउँमा पाँच वटा सवारी साधन ठोक्किएर दुर्घटना भएको छ । उक्त दुर्घटनामा रौतहट जिल्लाको गौर बस्ने ४५ वर्षका राजीव सिन्हाको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।