SHARE
पर्दाफास · बिहीबार २५ मंिर २०८२ ०४:२२ PM · 1 मिनेट पढाइ

एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य शेरधन राईले आगामी ११औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई साथ दिँदै आएका राईले यसपटक पार्टीमा आफूलाई पदाधिकारीका रूपमा हेर्ने माहोल बनेको बताए ।