मानवअधिकारलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ : प्रधानन्यायाधीश राउत
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मानवअधिकारका विषयलाई राजनीतिबाट अलग राख्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । मानव अधिकारको विषय पछिल्लो समयमा अत्यन्त जटिल, पेचिलो तथा संवेदनशिल बन्दै गइरहेको बताए । उनले मानवअधिकारमा राजननिति प्रवेश गरेमा त्यो विशाक्त हुने पनि उल्लेख गरे ।
