एमाले महाधिवेशनलाई लक्षित गर्दै नागढुंगा-मलेखु सडक २ दिन पूर्ण सञ्चालन हुने
माले महाधिवेशनलाई लक्षित गर्दै सरकारले नागढुंगा-मलेखु सडकखण्ड २६ र २७ मंसिरमा पूर्णरूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको सचिवालयले सो जानकारी दिएको हो । यसअघि राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षीतिज थेबे नेतृत्वको टोलीले मन्त्री घिसिङलाई भेटेर राजमार्ग निरन्तर सञ्चालन गर्न आग्रह गरेका थिए ।
