यस्तो छ सरकार–जेनजीबीचको १० बुँदे सम्झौता
सरकार र जेनजी प्रतिनिधिबीच भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन प्रवर्द्धन गर्न छुट्टै स्वतन्त्र आयोग गठन गर्ने सहमति भएको छ। बुधबार सिंहदरबारमा जेनजी प्रतिनिधि र सरकारबीच १० बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्दै यस्तो सहमति भएको हो।
