महन्थ, हृदयेश र वृषेशचन्द्र लालबीच पार्टी एकता गर्ने सहमति
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई-मधेश लोकतान्त्रिक पार्टीबीच एकीकरण हुने भएको छ। तीनै दलका अध्यक्ष ठाकुर, त्रिपाठी र लालले संयुक्त विज्ञप्ति प्रकाशित गरी एकीकरण गर्ने सहमति गरिएको जनाएका छन्।
