SHARE
पर्दाफास · सोमबार २२ मंिर २०८२ ०२:२६ PM · 1 मिनेट पढाइ

हितेन्द्रदेवलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ऊर्जामन्त्री कुलमान घिसिङद्वारा बर्खास्त गरिएका हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन सोमबार परमादेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले हाल जल तथा ऊर्जा आयोगमा रहेका हितेन्द्रको पक्षमा परमादेश दिएको हो ।