SHARE
कालिका खबर · शुक्रबार​ १९ मंिर २०८२ ०९:३२ AM · 1 मिनेट पढाइ

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली : भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलहरूमा गम्भीर अव्यवस्था देखिएको छ । नयाँ कार्यघण्टा नियम लागू भएपछि उत्पन्न व्यवधानले यात्रुहरू उडान रद्द, ढिलाइ र जानकारी अभावका कारण ठूलो कठिनाइमा परेका छन् । विमानस्थलहरूमा यात्रुहरू भुइँमा सुतिरहेको, लगातार घण्टौँ लाइनमा उभिएको र एयरलाइनबाट स्पष्ट जानकारी नपाएको दृश्यहरू देखिएका छन् । यो अव्यवस्था लगातार चौथो दिन कायम रहेको छ । सरकारले थकान र सुरक्षासम्बन्धी चिन्तालाई ध्यानमा राखेर चालकदल तथा पाइलटहरूको विश्राम अवधि बढाउने र राति उडान सीमित गर्ने नयाँ नियम ल्याएको थियो ।