SHARE
बुटवल टुडे · बुधबार १७ मंिर २०८२ ०८:३६ AM · 1 मिनेट पढाइ

उज्यालो नेपाल पार्टीको घोषणा सभा सुरु

काठमान्डौ, १७ मंसिर । उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा बुधबार मध्याह्नदेखि काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको छ । घोषणा सभामा पार्टीका संरक्षक समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ पनि उपस्थित भएका छन् । पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।