SHARE
बुटवल टुडे · बिहीबार १८ मंिर २०८२ १०:५० PM · 1 मिनेट पढाइ

किसानको मिहिनेतमा व्यापारीको कमाई

बाँके, १९ मङ्सिर ।  उत्पादनको मूल्य निर्धारण र बजार व्यवस्थापनको समस्याका कारण किसानले आफ्नो उत्पादनको मूल्य पाउन सकिरहेका छैनन् । बाँके र बर्दिया क्षेत्रका धान किसानहरू वर्षभरि मेहनत गरे पनि उनीहरूको श्रमको उचित मूल्य नपाउँदा निराश बन्नु परेको छ । करिब चार महिनाको मेहनत र ठुलो लगानीपछि उत्पादन हुने धान व्यापारीले केही समयमै खरिद गरी मुनाफामा बेच्ने गर्छन् ।