सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई १० लाख पुर्याओस् : सुनिल शर्मा
नेपाली काँग्रेसका नेता एवं काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले स्वास्थ्य बीमा कार्यक्रमलाई १० लाख पुर्याउनुपर्ने बताएका छन् । शुक्रवार भक्तपुरको कौशलटारस्थित पुलमुनि बस्दै आएका इलामका एक व्यक्तिलाई उद्धार गरी अस्पतालमा उपचार गर्न लैजाने क्रममा उनले यस्तो बताएका हुन् । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई पाँचदेखि १० लाखसम्म पुर्याउनुपर्नेअहिलेको आवश्यकता भएको उल्लेख गरे ।
