सर्वपक्षीय बैठक : चुनावमा केन्द्रित हुन सरकारलाई दलहरुको आग्रह
राजनीतिक दलहरुले सरकारलाई चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् । शुक्रवार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठकमा दलहरुले मुलुकलाई विषम राजनीतिक अवस्थाबाट सामान्य परिस्थितिमा ल्याउन निर्वाचनको वातावरण निर्माणमा केन्द्रित हुन सरकारलाई आग्रह गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिए ।
