यस्तो छ काँग्रेस महाधिवेशनको कार्यतालिका
लामो रस्साकस्सीपछि अन्ततः सहमति जुटाउँदै नेपाली काँग्रेसको सिंगो कार्यसमिति आगामी पुसमा नियमित महाधिवेशन गर्ने निर्णयमा पुगेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका असन्तुष्ट नेताहरूलाई पुसभित्रै महाधिवेशन गर्ने कार्यतालिका सर्वसम्मत पारित गर्न निर्देशन दिएसँगै यो गाँठो फुकेको हो ।
