शरद ओझा प्रकरण : अर्थमन्त्री खनालविरुद्ध अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले अर्थमन्त्री रामेश्वर खनालविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न आदेश दिएको छ । न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पाखरेलको इजलासले बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले दायर गरेको पुरक रिट दर्ता गर्न आइतबार निर्देशन दिएको हो । यसअघि प्रशासनले उक्त रिट दरपिठ गरेको थियो ।
