SHARE
पर्दाफास · सोमबार १५ मंिर २०८२ ०२:२८ PM · 1 मिनेट पढाइ

मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले आदेश दिएको छ । गैरसंवैधानिक रूपमा यादवको नियुक्ति गरिएको भन्दै ७३ जना सांसदले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो निर्देश आदेश गरेको हो । सर्वोच्चको आदेशअनुसार मुख्यमन्त्री यादवले अब तात्कालिक रूपमा प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रस्ताव पेश गर्नुपर्नेछ ।