काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आज आइतबार दिउँसो पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । महाधिवेशन र विशेष महाधिवेशका विषयमा विवाद चर्किएपछि देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्न लागेका हुन् ।
