बारा हत्याकाण्ड : फ्याक्ट्री मेनेजरका छोराको विभत्स हत्या, १६ घण्टामै दुई अभियुक्त पक्राउ
बारा, १४ मंसिर। जिल्ला प्रहरी कार्यालय, बाराले प्रसौनी गाउँपालिका–६ भलुही चोकमा घटेको राम किशोर सिंह हत्याकाण्डमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। मंसिर ११ गते बेलुका करिब ८:२५ बजे Kiran Beverage Nepal Pvt. Ltd. (पानी फ्याक्ट्री) नजिकै फालिएको अवस्थामा राम किशोर सिंहको शव फेला परेको थियो। सिंह सर्लाही धनकौल–२का बासिन्दा तथा सोही फ्याक्ट्रीका मेनेजर नरसिंह सिंहका छोरा थिए। हत्या कसरी भयो ? प्रहरीका अनुसार फ्याक्ट्रीमा चालकका रूपमा काम गर्दै आएका पर्सा, वीरगञ्ज–२२ मनियारीका वर्ष २१ का राजन कुमार रामलाई मृतक सिंहले अनियमित बिक्रीको कारण केही दिनअघि कामबाट हटाएका थिए।
