SHARE
कालिका खबर · आइबार​ १४ मंिर २०८२ ०९:५७ AM · 1 मिनेट पढाइ

एक साताको वृद्धिपछि घट्यो सेयर बजार, परिसूचक २६५० भन्दा तल

काठमाडौँ । पछिल्लो एक सातादेखि निरन्तर उकालो लागिरहेको सेयर बजारमा आज ‘करेक्सन’ देखिएको छ। आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले ओरालो लागेको हो। आज नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ विन्दुमा बन्द भएको छ। यो अघिल्लो कारोबारको तुलनामा ०.९९ प्रतिशतको गिरावट हो। बजार घटे पनि कारोबार रकम भने उत्साहजनक नै देखिएको छ। आज कुल ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ ।