छिमेकीले पनि चुनाव होस् भन्ने चाहेका छन्, चुनाव फागुन २१ मै हुन्छ : प्रचण्ड
पोखरा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते निर्वाचन हुने दावी गरेका छन् । उनले कोहीपनि द्धिविदामा नरहन आग्रह गरे । आइतबार पोखरामा भएको प्रदेश स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै चुनावका लागि सरकार र छिमेकीहरु (चीन र भारत लगायत देशहरु) समेत सकारात्मक रहेको बताए । ‘कोहीपनि द्धिविधामा बस्न जरुरी छैन, चुनाव फागुन २१ गते हुन्छ र हुनुपर्छ । हाम्रो एकता सभा सकिँदासम्म चुनावी माहोल बन्छ,’ उनले भने, ‘हाम्रा छिमेकीहरु पनि चुनाव होस् भन्ने चाहन्छन् । सरकार वार्ता बसिरहेको छ, चुनावका लागि ।
