SHARE
बुटवल टुडे · सोमबार ५ साउन २०८२ ०९:५६ AM · 1 मिनेट पढाइ

बङ्गलादेशमा सैन्य विमान स्कुलमा ठोक्कियो, उद्धार कार्य जारी

ढाका, ५ साउन । बङ्गलादेशको वायुसेनाको विमान ढाकाको उत्तरमा दुर्घटनाग्रस्त भएको छ। सो विमान जेट माइलस्टोन स्कुल एन्ड कलेजको भवनमा ठोक्किएको ढाका ट्रिब्युनले उल्लेख गरेको छ । फायर सर्भिस र सिभिल डिफेन्सले घटनामा कम्तीमा एक जनाको मृत्यु भएको पुष्टि गरेको छ । घटनास्थलमा उद्धार कार्य जारी छ ।