SHARE
बुटवल टुडे · सोमबार ५ साउन २०८२ १०:२८ AM · 1 मिनेट पढाइ

एमाले अध्यक्ष ओलीको आह्वान : “पार्टीभित्र मतभेद छैन, एकताबद्ध भएर मिसन ८४ मा जुटौं”

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गर्दै सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन्। सोमबारदेखि च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले “मिसन ८४” सफल पार्न सबै तह र तप्कामा एकताको आवश्यकतामाथि जोड दिए।