SHARE
बुटवल टुडे · सोमबार ५ साउन २०८२ १०:४१ AM · 1 मिनेट पढाइ

सेयर बजार ११ महिनाको उच्च विन्दुमा, नेप्से २८९२ अंकमा

काठमाडौं, ५ साउन। सोमबार नेपाली सेयर बजार ११ महिनायताकै उच्च बिन्दुमा पुगेको छ। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २१.७६ अंकले वृद्धि भई २८९२ अंकमा पुगेको हो। यो स्तर गत वर्षको ९ भदौयता पहिलोपटक पुगेको उच्च विन्दु हो, जब नेप्से २८९४ अंकमा थियो। यद्यपि सेयर कारोबार रकम भने घटेको छ।