SHARE
बुटवल टुडे · सोमबार ५ साउन २०८२ ११:४० AM · 1 मिनेट पढाइ

ओलीको दाबी : “२०८४ को निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन”

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०८४ सालको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन्। सोमबार पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकतामा विशेष जोड दिँदै भने, “एकताबद्ध भएर अघि बढ्ने हो भने २०८४ मा हामीलाई बहुमत ल्याउन कसैले छेक्न सक्दैन।