SHARE
बुटवल टुडे · सोमबार ५ साउन २०८२ ०२:२५ PM · 1 मिनेट पढाइ

पर्रोहा बोलबम धाममा श्रावणी मेला : भक्तजनको घुइँचो

सैनामैना, ५ साउन । साउन महिनाको पहिलो सोमबारको अवसरमा रुपन्देहीको पर्रोहा बोलबम धाममा हजारौं भक्तजनको घुइँचो लागेको छ । स्थानीय, छिमेकी जिल्ला तथा भारतबाट आएका श्रद्धालुहरुले बिहानैदेखि लाइन बसेर शिवलिङ्गमा जल अभिषेक गरेका छन् । धाम व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीका अनुसार सोमबार मात्र करिब ३० हजार भक्तजनले दर्शन गरेका छन् ।