बागेश्वरी मन्दिरमा नयाँ जुङ्गे महादेवको मूर्ति प्रतिष्ठापन
नेपालगञ्ज, ५ साउन । नेपालगञ्जको ऐतिहासिक शक्ति पीठ बागेश्वरी मन्दिरको पूर्व पट्टी निर्माणाधीन मन्दिरमा जुङ्गे महादेवको मूर्ति प्रतिष्ठापन गरिएको छ । साउन महिनाको पहिलो सोमबारको विशेष अवसर पारेर अष्टधातुले निर्मित जुङ्गेश्वर महादेवको मूर्ति प्रतिष्ठापन गरिएको हो । मूर्ति प्रतिष्ठापन गर्ने क्रममा पण्डितहरुको टोलीले वैदिक मन्त्रचारणसहित विधिपूर्वक पूजाआजा गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
