SHARE
बुटवल टुडे · सोमबार ५ साउन २०८२ ०२:४७ PM · 1 मिनेट पढाइ

विन्दु कुँवरको स्मृतिमा क्यान्सर पीडितका लागि सहयोगार्थ चिया अभियान

नेपालगञ्ज, ५ साउन । क्यान्सरले अकालमै जीवन गुमाएकी महिला विकास निरीक्षक विन्दु कुँवरको स्मृति कोठा निर्माण तथा क्यान्सर पीडितलाई सहयोगार्थ चिया अभियानको तयारी गरिएको छ । “एक कप चिया, एक जीवन, एक परिवर्तन“ भन्ने नारा बोकेको यस अभियानमार्फत विन्दुको सम्झनालाई जिउँदो राख्दै समाजसेवाको भावलाई विस्तार गर्ने उद्देश्य लिइएको छ ।