SHARE
बुटवल टुडे · सोमबार ५ साउन २०८२ ०२:५४ PM · 1 मिनेट पढाइ

जेब्रा क्रस छ, आकाशे पुल छ : तर नियम पालना गर्ने कोही छैन !

बुटवल, ५ साउन । बुटवल अस्पताल लाइनको मुख्य सडक । बिहानको भीडभाड। ६८ वर्षीया देवी थापा मगर एकछिन अलपत्र परिन्—राजमार्गको बीचमै । छिटो छरितो हिँड्न नसक्ने उमेर, हतारो, र ट्राफिकको अनियमित बहावबीच उनी सडकको एक छेउबाट अर्को छेउ पुग्न सकिनन् । “बाबु, नातिनी अस्पतालमा छ, खानाखान सामान लिन आएकी थिएँ ।