नेपाली कम्युनिष्ट पार्टी हाम्रो आत्मालोचनाको परिणाम हो : प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपाली कम्युनिष्ट पार्टी आफूहरुको आत्मसमीक्षाको परिणाम भएको बताएका छन् । आईतवार पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले नेपाली कम्युनिष्ट पार्टीले गरेको एकता सभा नेताहरुको आत्मालोचना भएको समेत जिकिर गरे ।
