एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का
काठमाडौँ, ६ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेल सुरु भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको छ । लुम्बिनीका सन्दीप जोरा एक रनमा आउट भए । लुम्बिनी सुरुआतमा दबाबमा देखिएको छ । यो समाचार तयार पार्दासम्म लुम्बिनीले चार ओभरमा जम्मा एक विकेटको क्षतिमा सात रन बनाएको छ ।
