SHARE
बुटवल टुडे · शुक्रबार​ ५ मंिर २०८२ ०१:४९ AM · 1 मिनेट पढाइ

स्कुल सुधार्ने ‘मिझिङे जुक्ति’

रोल्पा, ०५ मङ्सिर । जिल्लाको सुनिलस्मृति गाउँपालिका–३ मिझिङ गाउँमा रहेका चन्द प्रभा माध्यमिक विद्यालय सुधारका लागि समुदायले पहल थालेका छन् । २०१५ सालमा स्थापना भएको सो विद्यालयमा राजनीतिक खिचातानीले सधैँ विवाद हुँदा पठनपाठन समेत प्रभावित हुने गरेको थियो । विद्यालय व्यवस्थापन समिति गठन हुँदा दलीय आधारमा प्रतिस्पर्धा गर्ने देखि प्रधानाध्यापक नियुक्तिसम्ममा राजनीतिक खिचातानी भएपछि स्थानीयहरू बेचैन भएका थिए ।