झिलझिलेका इन्स्पेक्टर सुभाष केसी बने कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय झिलझिले, झापामा कार्यरत प्रहरी निरीक्षक सुभाष केसीलाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको छ। केसी नेतृत्वको टोलीले कार्तिक ९ गते झापा अर्जुनधारा–४ दहिझोडा सामुदायिक वनमा अपहरण, शारीरिक बन्धक र ज्यानसम्बन्धी घटनामा संलग्न शंकितहरूको पहिचान तथा निगरानी सुरु गरेको थियो।
