SHARE
पर्दाफास · बिहीबार ४ मंिर २०८२ ०२:४० PM · 1 मिनेट पढाइ

एनपीएल : लुम्बिनीले चितवनलाई ६ विकेटले हरायो

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले चितवन राइनोज पराजित गरेको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले चितवनलाई ६ विकटले पराजित गरेको हो। चितजनले दिएको १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। लुम्बिनीका गुल्बादिन नैबले सर्वाधिक ४४ रन बनाए।