SHARE
पर्दाफास · बिहीबार ४ मंिर २०८२ ०४:५५ PM · 1 मिनेट पढाइ

ईश्वर पोखरेलले भने- अध्यक्षको व्यवहार, कार्यशैली ठिक छैन, अब म उम्मेदवारी दिन्छु

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११ औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा पोखरेलले आफूले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने बताएका हुन् । उनले आन्तरिक प्रतिस्पर्धाले पार्टी कमजोर नहुने भन्दै आफूले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । उनले प्रतिस्पर्धामा जस्तो परिणाम आएपनि सामना गर्ने बताए ।