SHARE
कालिका खबर · शुक्रबार​ २ साउन २०८२ १०:४९ AM · 1 मिनेट पढाइ

म आन्दोलनको नेता हुँ, आवश्यक परे फेरि होमिन तयार छु : वामदेव गौतम

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले आवश्यक परे फेरि आन्दोलनमा होमिन तयार भएको बताएका छन् ।शुक्रबार एकीकृत समाजवादीसँगको एकता सभा घोषणमा गौतमले आफू आन्दोलनबाट आएको नेता भएकाले फेरि आन्दोलन गर्न तयार भएको बताएका हुन् । ‘आवश्यक परे यी हात अहिले पनि हतियारका रूपमा प्रयोग गर्छु । म आन्दोलनको व्यक्ति हुँ । आन्दोलनको नेता हुँ । मैले गरेको आन्दोलन अहिलेसम्म असफल भएको छैन, सफल मात्र भएको छ । हामी नेपाली जनतालाई मालिक बनाएर छाड्ने छौँ’, उनले भने, ‘प्रतिक्रियावादीले अनेकौँ घृणित चाल चालेका छन् । तर केही गर्न सक्दैनन् ।