SHARE
कालिका खबर · शुक्रबार​ २ साउन २०८२ ११:३९ AM · 1 मिनेट पढाइ

स्पेन जानेहरूको विवरण उपलब्ध गराउन दूतावासलाई सीआईबीको पत्र

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपालबाट स्पेन जानेहरूको विवरण पठाउन दिल्लीस्थित स्पेनी दूतावासलाई पत्राचार गरेको छ । असार ३१ मा गठित सीआईबीका एसएसपी होबिन्द्र बोगटी नेतृत्वको छानबिन समितिले पत्राचार गरेको हो । समितिले दूतावासलाई भिजिट भिसा लिँदा पेस गरेको कागजात सहितको विवरण मागेको छ । स्पेनको सेभिल्लामा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी गराउन भनेर नेपालबाट असम्बन्धितहरूलाई लगेको घटनाबारे सो समितिले छानबिन गरिरहेको छ । समितिमा मानव बेचविखन ब्युरोका एसपी रुगम कुँवर, सीआईबीका डीएसपी हरि बस्नेत र इन्स्पेक्टर शेखर खड्कासहित ६ जना सदस्य छन् ।