लिटिल बड्डी प्रिस्कुलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न
वीरगंज – वीरगंज महानगरपालिका–८ स्थित लिटिल बड्डी प्रिस्कुलमा शुक्रबार आयोजित निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । बालबालिका र शिक्षक–कर्मचारीको आँखा स्वास्थ्यको महत्त्वलाई ध्यानमा राख्दै विद्यालयले उक्त शिविरको आयोजना गरेको थियाे । किरण आँखा अस्पताल, वीरगंजको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा विद्यालयका १२० जना विद्यार्थी र १५ जना शिक्षक तथा कर्मचारीको आँखाको परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक विजय कुमार बलले जानकारी दिए । उनका अनुसार, नियमित स्वास्थ्य परीक्षणका माध्यमबाट विद्यार्थीको समग्र स्वास्थ्यमा सुधार ल्याउन मद्दत पुग्ने विश्वासका साथ विद्यालयले यस्तो कार्यक्रम सञ्चालन गरेको हो ।
