वीरगञ्जको डेसिमल कलेजमा फुड स्टल कार्यक्रम : विद्यार्थीहरूको सृजनात्मकता र उद्यमशीलताको अनुपम उदाहरण
वीरगञ्ज, पर्सा। आज वीरगञ्ज महानगरपालिका वडा नम्बर ८, पानीटंकीमा अवस्थित डेसिमल कलेजमा आयोजित फुड स्टल कार्यक्रम एक उत्साहजनक र सृजनात्मक गतिविधिका रूपमा सम्पन्न भएको छ। कक्षा १२ का सम्पूर्ण विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न यो कार्यक्रमले शिक्षासँगै व्यवहारिक सीप र उद्यमशीलता विकासतर्फ विद्यार्थीहरूलाई अभिप्रेरित गरेको छ। कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले आफ्नै प्रयासमा विभिन्न किसिमका स्वादिष्ट परिकारहरू तयार गरी बिक्रीमा राखे। समोसा, चौमिन, मोमोज, बर्गर, आलुचप, फुच्का, मिठाईदेखि लिएर पेयपदार्थहरू सम्मका स्टलहरू आकर्षक रूपमा सजाइएको थियो। विद्यार्थीहरूले ग्राहकको रूपमा आएका शिक्षक, अभिभावक तथा सर्वसाधारणलाई आत्मीयताका साथ सेवा दिँदै व्यवसायिक शैलीमा कार्य गरेका थिए।
