SHARE
कालिका खबर · शुक्रबार​ २ साउन २०८२ ०४:०७ PM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरी बल पर्साको सक्रियता: २८ करोडभन्दा बढीको अवैध सामान बरामद, हुण्डी र लागूऔषध नियन्त्रणमा उल्लेखनीय सफलता

वीरगञ्ज, पर्सा। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले गत आर्थिक वर्ष २०८१/८२ मा भारतबाट भन्सार राजस्व छलेर ल्याइएका अवैध सामग्री नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ। वीरगञ्ज नाकासहित पर्साका विभिन्न स्थानहरूमा सञ्चालन गरिएको कडाइका साथको निगरानी र गस्तीका क्रममा सशस्त्र प्रहरीले २८ करोड ९२ लाख ५० हजार १ सय ९९ रुपैयाँ बराबरका कपडा, हार्डवेयर, मोटर पार्टस्, औषधि लगायतका अवैध सामानहरू बरामद गरेको हो।