SHARE
कालिका खबर · आइबार​ ३० कात्िक २०८२ ०१:३७ PM · 1 मिनेट पढाइ

सांग्रिला डेभलपमेन्ट बैंकले १०.३५८३% लाभांश वितरण गर्ने निर्णय

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षका लागि आफ्ना सेयरधनीलाई १०.३५८३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकको कात्तिक २८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र करसहित ५.३५८३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले जनाएको छ कि उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरूमा वितरण गरिनेछ।