SHARE
कालिका खबर · आइबार​ ३० कात्िक २०८२ ०३:०६ PM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरी बल पर्साद्वारा रु १७ लाखभन्दा बढी मूल्यका अबैध सामग्री, मो.सा. तथा पशुचौपाया बरामद

पर्सा, ३० कात्तिक। सीमावर्ती क्षेत्रमा हुने अबैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालले पछिल्लो समय कडा कारवाही अभियान चलाइरहेको छ। यही क्रममा पर्सा जिल्लामा तैनाथ सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूले एकै दिनमा करिब १७ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका अबैध सामान, मो.सा. तथा पशुचौपाया नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, बीओपी महादेवपट्टीबाट खटिएको टोलीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–१, बलुवा स्थित मुस्तुफा मियाको घरमा भारतबाट अबैध रूपमा भन्सार छली लुकाइ–छिपाइ ल्याइएका मोबाइलहरू बरामद गरेको हो।