SHARE
कालिका खबर · शुक्रबार​ २ साउन २०८२ ०४:२२ PM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरीको पीडा: आइजीपी अर्यालले बताए रासन्, पोशाक र आवासका गहिरा समस्या

काठमाडौं। सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आइजिपी) राजु अर्यालले संगठनभित्र विद्यमान संरचनागत तथा भौतिक अपुगताप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। शुक्रबार बसेको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आइजिपी अर्यालले रासन, पोशाक, सवारी साधन र आवासजस्ता आधारभूत आवश्यकतामा समेत संगठन कमजोर अवस्थामा रहेको स्पष्ट पारे। “रासनका लागि एक जनालाई दैनिक २०३ रुपैयाँ ५५ पैसा मात्र छुट्याइएको छ। यही रकमले बिहानदेखि बेलुकीसम्मको खानपिन व्यवस्थापन गर्नुपर्ने अवस्था छ,” भन्दै उनले जवानहरूका लागि दैनिक जीवन नै कठिन बन्दै गएको संकेत गरे।