अफताब आलमको निधनपछि कांग्रेस शोकमा, भोलि देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय
काठमाडौं, २२ कात्तिक । आज (शनिबार) बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकमा अन्य विषयमाथि छलफल भएन । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठक आलमको निधनप्रति शोक प्रस्ताव पारित गरी सकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । स्वर्गीय आलमप्रति सम्मान प्रकट गर्दै कात्तिक २३ गते बिहान ११ः३० बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २५ गते बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने पनि पौडेलले बताए ।
