उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई गभर्नर पौडेलको आग्रह
काठमाडौं, २२ कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोबलका साथ काम गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् । आज काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले ‘जेनजी’ आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अवसरका रूपमा लिएर उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गरेका हुन् । उनले नयाँ बिजनेस बनाएर अघि बढ्न सके केही दुर्घटनामा परेजस्तो देखिएको नेपालको उद्योग, व्यवसाय सुधार हुने अवस्था रहेको बताए । उद्योग क्षेत्रको विकासमा अघि बढ्न निजी क्षेत्र निराश भएर बस्नुपर्ने अवस्था नरहेको उनले उल्लेख गरे ।
