SHARE
कालिका खबर · शनिबार २२ कात्िक २०८२ ११:२६ AM · 1 मिनेट पढाइ

स्वास्थ्य मन्त्रालयको कडा कदम: १० लाख माथिको सबै खरिदमा टेन्डर प्रक्रिया लागू

भक्तपुर, २१ कात्तिक । वागमति प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश भित्रका स्वास्थ्यका बेथिति अन्त्य गर्ने लक्ष्यका साथ औषधि, सर्जिकलका सामानदेखि उपकरणसम्मको खरिदमा जिल्ला अस्पतालहरुले अनिवार्य बोलपत्र आव्हान गरि खरिद गर्नु पर्ने व्यबस्था गरेको छ । यसअघि जिल्ला अस्पतालहरुले औषधिदेखि औषधिजन्य स्वास्थ्य सामग्रीहरु खरिदका क्रममा टुक्रा–टुक्रा पारेर महिनै पिच्छे बिचौलियाको दबाबमा औषधि खरिद गर्ने गरेको सूचना पाएपछि मन्त्रालयले प्रदेश अन्तर्गतका जिल्ला अस्पतालहरुलाई यस्तो निर्देशन दिएको हो ।