SHARE
पर्दाफास · शनिबार २२ कात्िक २०८२ १२:३७ PM · 1 मिनेट पढाइ

उद्योग, व्यवसायमा देखिएका कानुनी अवरोधहरू हटाउने कामलाई प्राथमिकता दिइनेछ : मन्त्री सिन्हा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले उद्योगहरूलाई अघि बढाउनका लागि आवश्यक कानुनी अवरोधहरू हटाउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिवार काठमाडौँमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।