आयल निगमले आयोजना गर्यो ‘रन फर हेल्थ’
नेपाल आयल निगमले ‘रन फर हेल्थ’ को नारासहित पुरुषतर्फ १० किलोमिटर र महिलातर्फ ५ किलोमिटर दौड प्रतियोगिताको आयोजना गरेको छ। आयल निगमको सिनामंगलस्थित डिपोको आयोजनामा शनिबार बिहान दशरथ रंगशालामा मनोरञ्जनात्मक कार्यक्रम अन्तर्गत दौडको आयोजना गरिएको हो। कार्यक्रममा आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्टले खेल राष्ट्रिय पहिचानको माध्यम भएको बताए।
