पाण्डे र भट्टराईलाई ओलीले भने- सञ्चारमाध्यममा गएर र्याईंर्याईं गर्नुको औचित्य छैन
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पुनःगठन चाहियो भन्दै माग गरेपछि आफूले एक वर्षपछि गरे हुने महाधिवेशन पनि अगाडि सारेको बताएका छन् । शुक्रवार काठमाडौंमा विद्वत वर्गसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
