बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता
बागमती : लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उनले बताए । राजनीतिक दलका नेताहरुसँग परामर्श भइरहेको र उहाँसँगको परामर्श पश्चात प्रदेशसभाको बैठकको मिति तय हुने उपसभामुख चापागाईंको भनाइ छ । सम्भवतः काात्तिकको तेस्रो सातातिर बैठक बोलाउने गरी छलफल अघि बढेको उनले बताए ।
